२०८२ माघ ८ गते बिहिवार

खाजा खर्च कटाएर उपचारमा सहयोग


तुलसीपुर,भदौ ८ । दाङको तुलसीपुर स्थित ग्रेट अरनीकाे माध्यामिक विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएर उपचारमा सहयोग गरेका छन् ।

शिक्षक मेघराज पोख्रेलले दिएको जानकारी अनुसार विद्यालयका विद्यार्थीहरुले तुलसीपुर ३ घर भई भारतमा रोजगारका लागि गएका मानव बस्नेतको उपचारका लागि सहयोग गरेका हुन् ।

बस्नेत भारतमा मोटरसाईकल दुर्घटनामा परि घाइते भएका थिए । उनको उपचारमा सहयोग होस् भनेर विद्यार्थीहरुले सहयोग गरेका हुन् ।

बस्नेतको आर्थिक अबस्था कम्जोर भएकाले सबैले खाजा खर्च कटाएर सहयोग गरेको विद्यार्थीहरुको भनाई छ ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *