२०८२ पुष ३० गते बुधवार

आज पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं भदौ २ गते । आज पनि पहाडी भू–भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूगको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *