काठमाडौँ,साउन ३२ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ बिहीबार पनि भएन।
काठमाडौं जिल्ला अदालतमा आज न्यायाधीश राजुकुमार खतिवडाको इजालासमा परेको उक्त मुद्दामा न्यायाधीश खतिवडाले वादी गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन्।
यसअघि पनि विभिन्न कारणले निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आजबाट फाइनल बहस हुने अनुमान गरिएको थियो। तर फेरि एकपटक अदालत उमेर प्रमाणीकरणमा नै रुमलिएको छ।
बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर यसअघि पटक-पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि नभएको हो।
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार