२०८३ जेष्ठ १६ गते शनिवार

सन्दीप लामिछानेको मुद्दा राजकुमार खतिवडाको इजालासमा

काठमाडौं,साउन ३२ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ। आज न्यायाधीश राजकुमार खतिवडाको एक नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो।

विभिन्न कारण यसअघि निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज सुरुवातमा नै परेको हो।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर यसअघि पटक-पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला भन्ने अन्योलता कायमै छ।

यद्यपि अदालतले सबै प्रक्रिया पूरा भएकाले अन्तिम सुनुवाइ हुनेमा सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे विश्वस्त छन्।

उनी भन्छन्, ‘यसअघि क्षतिपूर्तिका विषयहरू उठाएर फाइनल बहस धकेलियो। क्षतिपूर्तिको विषय किनारा लागेपछि अब अन्तिम सुनुवाइ स्थगित गर्नुपर्ने कारण छैन।’

घिमिरेले सन्दीप मानसिक रूपमा थकित भएको भन्दै कानुनरूपमा दोषी या निर्दोष जे भए पनि फैसला आउनु पर्ने बताए।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *