२०८२ पुष ३० गते बुधवार

नेपाल प्रहरीका ९५८ इन्सपेक्टरको सरुवा

काठमाडौं,साउन ३० । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा तथा पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार ९५८ जना इन्सेक्टरको सरुवा गरिएको छ । वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)बाट इन्सपेक्टर बनेका ६४ जनाको पदस्थापन गरिएको छ ।

सरुवाको सूची अनुसार अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ । अच्युतराज आचार्यको जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीमा सरुवा गरिएको छ ।

त्यसैगरी बढुवा भएका ६४ इन्सपेक्टरको पदस्थापन गरिएको छ । मोहनालाल आगा श्रेष्ठको प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन इकाइमा पदस्थापन भएको छ ।

लोकराज पाठकको अख्तियाको प्रधान कार्यालय टंगालमा पदस्थापन भएको छ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *