२०८२ माघ ४ गते आइतवार

ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

काठमाडौँ,साउन २९ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शु भित्रको सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक शुमा ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो।

सुन प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले थप छानबिनको लागि सीआईबीलाई जिम्मा लगाएको थियो। अहिले सीआईबीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *