२०८२ माघ ३ गते शनिवार

डा.रञ्जितकुमार यादवलाई रिहा

काठमाडौँ,साउन २९ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली डाक्टर भन्दै पक्राउ गरेका डा। रञ्जितकुमार यादवलाई रिहा गरेको छ।

उनी सक्कली डाक्टर भएको पुष्टि भएपछि सीआईबीले आइतबार राति जिम्मा जमानीमा उनलाई छाडेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा महोत्तरी, पिपरा-८ बस्ने विश्वनाथ यादवका छोरा ३२ वर्षीय रञ्जितकुमार यादवलाई यही साउन २५ गते पक्राउ गरिएको थियो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको लोकन्थलीबाट पक्राउ गरेर उनलाई हिरासतमा राख्न २६ गते ५ दिन म्याद थप गरेको थियो।

त्यसपछि ब्युरोको हिरासतमा राखी अनुसन्धान भइरहेकामा नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंले च नं १२३र२०८०र०८१ ९प्र० मिति २०८० साउन २८ गते पत्र पठाउँदै उनी नक्कली डाक्टर नभएको पुष्टि गरेको हो।

“यस काउन्सिलबाट मिति २०७८/०८/२८ गते थप कागज पत्र च नं ४०२/०७८/०७९ (प्र) मार्फत देवेन्द्र यादवका छोरा रञ्जितकुमार यादवको प्रमाणपत्रहरुको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाणपत्र र आवेदन फारम भूलवस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु” भन्ने समेत बेहोराको पत्र प्राप्त भएको सीआईबीले जनाएको छ।

उक्त पत्र आएपछि डाक्टर रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको एकिन भएको र राति नै छाडिएको एसपी अधिकारीले बताए।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *