२०८२ माघ ४ गते आइतवार

खोलाले बगाउँदा बाबु-छोरा बेपत्ता

दोलखा,साउन २८ । दोलखामा खोलाले बगाउँदा बाबु–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।


गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।

स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *