२०८२ माघ ३ गते शनिवार

अन्तराष्ट्रिय युवा दिवस ः तुलसीपुरमा लागूपदार्थ दुर्व्यसन न्युनीकरण समन्धी सडक नाटक प्रर्दशन

तुलसीपुर,साउन २७ । दाङको तुलसीपुरमा लागूपदार्थ दुर्व्यसन न्युनीकरण समन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।

२३ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद तुलसीपुर , नगर स्तरीय युवा सञ्जाल तुलसीपुर ,ओरेक नेपाल तथा तुलसीपुर मेट्रो कलेजको संयुक्त आयोजनामा सडक नाटक प्रस्तुत गरिएको थियो ।

पछिल्लो समय युवा पुस्ता लागूपदार्थ दुर्व्यसनमा लागेर देखा परेको समस्या र यसका समाधानमा अपनाउनुपर्ने सतर्कता समेटिएको सडक नाटक शुक्रवार तुलसीपुरको विपी चोकमा प्रदर्शन गरिएको हो ।

नयाँ पाइला पुनर्स्थापना केन्द्र बिजौरीको प्रस्तुतीमा डिल्ली बस्नेत सङ्गीतको लेखन, निर्देशनमा प्रर्दशन गरिएको सडक नाटकमा बुद्धि चौधरी, चेतना न्यौपाने, निम बहादुर डाँगी लगायतकाको अभिनय गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *