२०८२ माघ ४ गते आइतवार

हुम्लामा हवाई सेवा ठप्प

हुम्ला,साउन २३ । हुम्लामा हवाई सेवा ठप्प भएको छ। नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागू गरेपछि हुम्लासहित कर्णालीका हिमाली जिल्लाको उडान प्रभावित भएको हो।

प्राधिकरणले साउन दोस्रो सातादेखि विमानस्थलको उडान तालिकाअनुसार उडान भर्नुपर्ने नियम लागू गरेसँगै दैनिक उडान प्रभावित भएको छ।

खराब मौसमका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ। सिमकोट विमानस्थलमा बर्खाको समयमा बिहान ११ बजेसम्म मौसममा सुधार नहुने र उडान तालिकाअनुसार साढे १२ बजेपछि उडान भर्न नपाइने भएकोले हुम्लाको हवाई सेवा ठप्प भएको हो।

प्राधिकरणको नयाँ नियम लागू भएसँगै हुम्लाबासी समस्यामा परेका छन्। हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि व्यवहारिक नभएको सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले बताइन्।

सिमकोटसहित मुगुको ताल्चा, डोल्पाको दुनै, बाजुराको कोल्टी विमानस्थलका लागि बिहान ६ बजेदेखि मध्याह्न साढे १२ बजेसम्मको उडान तालिका छ। यी विमानस्थलमा तीन दिनदेखि हवाई उडान हुन सकेको छैन।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *