२०८२ माघ १ गते बिहिवार

बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल,साउन २२ । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी र्दिए ।

वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाइ र भैसीलाई लगाउने तयारी भइरहेको उहाँले बताए ।

बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उनले बताए ।

भैसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकोले सतर्कता अपनाउनुपर्ने बताए ।

अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले उनको भनाई छ।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *