वीरगञ्ज ,साउन २२ । अवैध भारतीय नोटसहित एक भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँ रहेका छन्।
पर्साको पर्सागढी नगरपालिका-१ मनवा बजारस्थित प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिवन्धित भारु पाँच सयको नोट बरामद गरेको थियो।
बिआर २२ ए जे ३१९९ नम्बरको मोटरसाइकलमा आएका मियाँको साथबाट भारतीय प्रतिवन्धित रू.५०० दरका नोट २४९ थान, भारतीय रू.१०० दरका नोट थान- २ र रू.२० दरका नोट-३ गरी भारू एक लाख २४ हजार ७६० बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको गिरीले बताए।
प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार