२०८२ माघ ८ गते बिहिवार

बार्षीकत्सवको अवसरमा रक्तदान

तुलसीपुर,साउन २१ । थर्ड आई नेपालले प्रथम बार्षीक उत्सव मनाएको छ । संस्थाले बार्षीकत्सवका अवसरमा तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा सचिव सन्तोष लामिछानेले संस्थाले स्थापनाकालदेखि महिलाहरुको लागि आत्मसुरक्षा तालिम, बलात्कार र महिला हिँसा विरुद्ध राष्ट्रिय जनचेतना अभियान,नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

उनले बार्षीक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन गरिएको बताए ।

रगत अभावका कारण कुनै पनि व्यक्तिको ज्यान जोखिममा रहनु हुँदैन भन्ने धारणा सहित उक्त कार्यक्रम गरिएको संस्थाका कोषाध्यक्ष रेशम नेपालीले बताए ।


थर्ड आई नेपाल दाङका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *