काठमाण्डौ ,साउन १९ । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् । यसअघि प्रचण्डले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यलाई बोलाएर भेटेका थिए ।
सीआईबीले संगठित अपराधमा अनुसन्धान गर्ने बुझिएको छ । राजस्व अनुसन्धान विभागले अहिले अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनमा चल्ने विभागले तीन अनुसन्धान अधिकृत खटाएर अनुसन्धान गरिरहेको थियो ।
प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार