२०८२ माघ १० गते शनिवार

पश्चिम नवलपरासीमा पुजारी माथि चक्कु प्रहार

बुटवल,साउन १९। पश्चिम नवलपरासीको पाल्हीनन्दनमा रहेको एक मन्दिरका पुजारी माथि चक्कु प्रहार भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ भक्सिपुरमा रहेको रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डे माथि चक्कु प्रहार भएको हो ।

एक व्यक्तिले बिहीबार दिउँसो साढे तीन बजेतिर पाण्डेको टाउकोमा चक्कु प्रहार गरी मोबाइल लुटेर फरार भएका प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेका पाण्डेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाण्डे दुई वर्षदेखि उक्त मन्दिरको पुजारी थिए ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *