२०८२ माघ १ गते बिहिवार

बचत फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा

काठमाडौं ,साउन १८ । विभिन्न सहकारीमा पैसा बचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।

माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

बचतकर्ताको प्रदर्शनमा बिजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोकेको छ । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

उनीहरुले आफ्नो बचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *