२०८२ माघ ४ गते आइतवार

नयाँ पर्यटन ऐन बनाइँदै

काठमाडौँ,साउन १७ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विधेयकको लागि सुझाव माग गरेको छ।

पर्यटन ऐन २०३५ लाई परिमार्जन गरी नयाँ संघीय पर्यटन विधेयकको सैद्धान्तिक सहमति पाएको सुझाव माग गरेको हो।

नेपालको संविधान बमोजिम पर्यटन सम्बन्धी कार्य संघ, प्रदेश र स्थानीय सरकारको कार्यक्षेत्र अन्तरगत रहेको पुरानो विधेयक परिमार्जन गर्नुपर्ने आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ।

पर्यटन प्रवर्द्धन, पर्यटकीय उपज तथा पूर्वाधारको विकास, उपयोग र नियमनसम्बन्धी कार्य तीनै तहका सरकारमार्फत अगाडि बढाउन, पर्यटन क्षेत्रमा विकासित नयाँ विषय कानुनमा समावेश गर्नुपर्ने आवश्यक रहेको पर्यटन मन्त्रालयले जनाएको छ।

‘नयाँ संघीय पर्यटन विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍बाट असार २६ मा सैद्धान्तिक स्वीकृति प्राप्त भई विधेयक मस्यौदा तर्जुमा कार्य शुरु भएको,’ मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरु, पेशागत संघ संस्थाहरु, विज्ञहरु, अनुसन्धानकर्ताहरु लगायत सरोकारवाला सबैमा नयाँ संघिय पर्यटन विधेयकमा समावेश गर्न ३० दिनभित्र राय, सुझा उपलब्ध गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *