२०८२ माघ १ गते बिहिवार

पाल्पा बुटवल सडकखण्ड एकतर्फी खुल्यो

पाल्पा,साउन १४ । पाल्पा बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन क्षेत्रमा पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।

पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि यातायात एकतर्फी सञ्चालनमा आएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ। सडकमा ढुङ्गासहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग गएरातिदेखि अवरुद्ध भएको थियो।

सुरुङमार्ग निर्माण गरिरहेको कम्पनी चाइना स्टेट कर्पोरेसनका डोजर र स्काभेटर प्रयोग भएको थियो।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *