२०८२ माघ ४ गते आइतवार

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

चितवन,साउन १४ । नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए। पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *