२०८२ माघ ३ गते शनिवार

अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालन

चितवन ,साउन १३ । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सडकको पहिरो पन्छाएर बिहान ९-५५ बजेदेखि सडक पुनस् दुईतर्फी नै सञ्चालन गरिएको छ ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनस् अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *