२०८२ बैशाख ११ गते बुधवार

मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिए


रुकुम,साउन १३ । रुकुम पश्चिमको मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिएका छन् ।

मुसिकोट नगरपालिका वडा नम्वर–१ का १२ वर्षका आयुष किरण बि.क., १३ वर्षका रोहित खत्री र १५ वर्षका दिनेश पुरी सल्यानको त्रिवेणी गाउँपालिका –६ लुहाममा सकुशल फेला परेका हुन् ।

उनीहरु साउन ९ गते बेलुका ६ बजेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आफन्तले बालक हराएको जानकारी गराएपछि खोजी थालिएको थियो ।

रुकुम पश्चिमको मुसीकोटबाट बसमा चढेका उनीहरु सल्यानसम्म पुगेका थिए । फेला परेका तीनै जना बालकलाई अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *