२०८२ माघ १ गते बिहिवार

तुलसीपुर खानेपानीको मुहान क्षेत्रमा वृक्षारोपन


तुलसीपुर,साउन १३। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको मुहान क्षेत्रमा वृक्षारोपन गरेको छ ।

संस्थाले शुक्रबार तुलसीपुर ५ रानिजरुवा सम्पवेल मुहान क्षेत्र भित्र करिब डेढ बिगाह क्षेत्रफमा वृक्षारोपन गरेको हो ।

सम्पवेल मुहान क्षेत्र भित्र खाली रहेको डेढ विगाहा जग्गामा हर्रो, बर्रो, बोकाइनो मसला लगाएत विभिन्न प्रजातीका पाँच सय बढी विरुवा रोपीएको तुलसीपुर खानेपानी संस्थाका सचिव सेबकराम भण्डारीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर क्षेत्रका क्रियाशील १० राजनीतिक दल, वडाका जनप्रतिनिधी, नेपाली सेनाको १९ नम्बर बाहिनी, तुलसीपुर उद्योग बाणिज्य संघ, ईलाका बन कार्यालय तुलसीपुर, तुलसीपुर अटो भिलेज, लगायतका विभिन्न संघसंस्थाहरू, नागरिक अगुवा, कार्यसमिति, संस्थाका कर्मचारी लगाएतको उपस्थितीमा वृक्षारोपन कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *