२०८२ माघ ३ गते शनिवार

ज्यान मार्ने उद्योग मुद्दामा फरार एक प्रतिवादी पक्राउ

रुकुम पूर्व,साउन १२ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ आलाका २६ वर्षीय मदन मल्ललाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

मल्लमाथि सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुराका २० वर्षीय प्रतिक थापालाई २०७६ सालमा धारिलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएको भन्दै मुद्दा दर्ता भएको छ ।

फरार रहेका मल्ललाई सुक्ष्म रुपमा खोज तलास गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे खसीबजारबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

रुकुम पुर्वबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग कसुर मुद्दामा फरार रहेका मल्ललाई मंगलबार साँझ नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *