२०८२ माघ ४ गते आइतवार

नेपाल प्रहरीद्धारा आठ हजार ८९६ थान हातहतियार नष्ट

काठमाडौं, साउन ११ । नेपाल प्रहरीले विभिन्न समय र स्थानबाट जफत भएका आठ हजार ८९६ हातहतियार नष्ट गरेको छ ।

प्रहरीले बिहीबार कानून बमोजिम जफत तथा बराबद भएका वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्यागन्म २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरेको जानकारी दिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका ११ का वडाअध्यक्ष लगायतको रोहबरमा सो हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *