२०८१ बैशाख २१ गते शुक्रवार

नेपालगन्ज उबासंघ निर्वाचन: रौनियारको पक्षमा खुल्दै मतदाता

नेपालगन्ज,साउन ११ । नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गरी ललित कुमार रौनियार नेतृत्वको टोलिले घरदैलो अभियानलाई तीब्र पारेको छ ।

प्रजातान्त्रिक उधोग बाणिज्य संघको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रौनियार नेतृत्वको टोलिले चुनावी अभियानलाई तीब्र पारेको हो ।

नेपालगन्जका स्थायीबासी समेत रहेका रौनियार स्थानीय माझ प्रसिद्ध छन्।

बुधबार घरदैलो गरेको टोलीले आज पनि बिहानैदेखि नगरको त्रिभुवन चोक क्षेत्रमा चुनावी अभियान गरिएको अध्यक्षका प्रत्याशी रौनियारले बताए ।

उनले भने -`अधिकांश व्यापारीको भनाइ स्थानीयलाई जिताउनु पर्छ भन्ने छ । त्यसका हिसाबले म प्रति धेरैको सहानुभूति छ ।´ रौनियार लामो समयदेखि व्यवसायीक हकहितमा वकालत गर्दै आएका छन् ।

पदमा नभएपनि रौनियारले नेपालगन्जका व्यवसायीहरुको सवालमा वकालत गर्दै आएका छन् ।

व्यवसायीक हकहितको सवालमा मेरो कुनै सम्झौता हुन्न उनले भने-नेपालगन्ज उधोग बाणिज्य संघमा देखिएको व्यथितिलाई थिति बसाल्न मेरो उम्मेदवारी हो ।´

स्थानीय अधिकांश व्यवसायी रौनियारको पक्षमा देखिएका छन् ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *