काठमाडौँ ,साउन १० । महिनौंदेखि आन्दोलनरत लघुवित्तपीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शन रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको छ ।
प्रदर्शनकारीहरू संसद् भवन अगाडि गएर धर्ना गर्ने भन्दै त्यसतर्फ जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।
बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद् भवन घेराउ गर्ने र आफ्ना समस्या सुनाउने भन्दै त्यसतर्फ अगाडि बढिरहेका थिए ।
७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति : २०८० साउन १० गते बुधवार