२०८२ माघ १ गते बिहिवार

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द


चितवन,साउन ९ । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखाेलामा पहिरो खस्दा सडक बन्द भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखाेलामा बिहान पहिरो खसेको हो ।

बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर पानी परिरहेकाले समस्या भएको छ । थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।

सडक विभागका अनुसार अहिले देशभरका अरु ७ वटा सडक बन्द छन् ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *