काठमाडौँ,साउन ८ । आज (सोमबार) देखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आजदेखि भोलि (मंगलबार) दिउँसोसम्म मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना देखिएको हो।
केही दिनयता वर्षा जारी रहे पनि ठूलो वर्षा भएको थिएन। तर आज र भोलि भारी वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
बागमती प्रदेशअन्तर्गत दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।
यस्तै राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
मौसमविद् नगरकोटीका अनुसार अहिले बिहान पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
‘अहिले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, उनले भनिन्। मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ– कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।