बैतडी ,साउन ८ । बैतडीमा पहिरोमा परेर आमा छोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरो जाँदा आमाछोराको ज्यान गएको हो ।
गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र पाँच वर्षीय छोरा रिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।
अञ्जुका श्रीमान् रोजगारीका लागि भारतमा छन । पहिरोले देवर गोब्बर जागरी, सासुआमा राइमती र पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।
घर पूर्णरूपमा क्षति भएको छ ।
प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार