देविराम कुसारी,बखरिया, साउन ६ । झरणा सामुदायिक वन तुलसीपुर- १३ बखरियामा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय दाङको आर्थि तथा प्राविधिक सहयोग र उपभोक्ताहरुको जन श्रदान वाट तारवार सहित वृक्षा रोपिएको हो।
कार्यक्रम अन्तरगत झरणा सामुदायिक वनको पुलचोक क्षेत्रमा खयर, टिकटिक, गुलमोर, सतिवन, सितलचिनि लगाएत ८ प्रजातिका ११ हजार विरुवा लगाएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । वन कार्यालयले करिव आठ लाख भन्दा बढीको आर्थिक तथा प्रविधिक सहयोग र स्थानियले पाँच लाख बढिको जनश्रमदान गरेको रेञ्जर ईश्वरी बहादुर बस्नेतले जानकारी दिए ।
वृक्षा रोपन कार्यक्रममा १९ नम्वर बहिनि तुलसीपुरका सह सेनानी साटुराम चौधरीको नेतृत्वमा ३५ जना,
श्री नम्वर २ वन तथा परियवरण सुरक्षा वेस क्याम्प अम्मापुरका जमदार हरिशरण राईको नेतृत्वमा १२ जना गरी ४२ जना नेपाल सेना, अस्थाई प्रहरी पोष्ट दमारगाँउका प्रमुख बसन्तराज विश्वकर्माको नेतृत्वमा नेपाल परहरीको टोली र स्थानियको सहभागिता रहेको थियो ।
यो क्षेत्रमा नदि कटान भएका कारण वृक्षा रोपन गरिएको झरणा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लि बहादुर रावतले जानकारी दिए ।
कटान रोक्न, वनको हैसियत बढाउन र पर्यटकिय क्षेत्र बनाउने उदेश्यका साथ वृक्षा रोपन गरिएको झरणा टोल विकास संस्थाका अध्यक्ष नारायण डागीले बताए । 