२०८१ बैशाख २२ गते शनिवार

हुम्लाबाट ४४ करोड बजेट फिर्ता

हुम्ला,साउन ४ । हुम्लाबाट गत आर्थिक वर्षको ४४ करोड ३० लाख बजेट फिर्ता भएको छ। आर्थिक वर्ष ०७९/०८० को ४४ करोड ३० लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार असार मसान्तसम्म जिल्लामा आएको बजेटको ८० प्रतिशत रकम खर्च भएको छ।

संघीय सरकारबाट तीन अर्ब ६६ करोड ४६ लाख ६८ हजार बजेट विनियोजित भएकोमा त्यसमा ३ अर्ब २२ करोड १५ लाख ७३ हजार खर्च भएको छ।

गत आवमा चालुतर्फ ३ अर्ब १३ करोड १५ लाख ७३ हजार र पूँजीगततर्फ ५३ करोड ३० लाख ९५ हजार बजेट आएको थियो। पुँजीगततर्फ ६६ प्रतिशत मात्र खर्च भएको छ अर्थात १७ करोड ७७ लाख बजेट भने फिर्ता गएको छ।

यस्तै, पूँजीगततर्फ फिर्ता गएको बजेट भने सबै हिल्सा सिमकोट सडक आयोजनाको रहेको छ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *