२०८२ पुष ३० गते बुधवार

त्रिभुवन विमानस्थलबाट भारी परिमाणमा सुन बरामद


काठमाडौं,साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी परिमाणमा सुन बरामद गरिएको छ ।

राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको उच्च अधिकारीले नेपाल प्रेसलाई बताए ।

स्रोतका अनुसार चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । सुन ५० देखि ६० केजी रहेको अनुमान छ ।

रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो ।

त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको छ ।

भन्सारबाट जाँचपास सकेर लैजान लागेको सुन एक्कासी अपरेसन चलाएर राजश्व अनुसन्धानको टोलीले बरामद गरेसँगै रहस्य बढेको बताइएको छ ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *