२०८२ माघ ३ गते शनिवार

ट्राफिक नियम उल्लङ्घन गर्दा जरिवाना विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

बाँके,साउन ३ । नियमको उल्लङ्घन जरिवाना राजस्व असुली गर्दा रसिद दिने गरेकोमा अब बैंकमार्फत विद्युतीय भुक्तानी गर्नुपर्ने बताएको छ।

सोमबारदेखि ट्राफिक जरिवाना राजस्व असुलीमा अब प्रविधिको प्रयोग गरेर ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली अब बैंकमार्फत भुक्तानी गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए।

बाँकेमा ट्राफिक भायोलेसन रेकर्ड प्रणाली (टिभिआरएस) लागू हुन लागेको हो।

मादक पदार्थ सेवन (मापसे), लागुऔषध पदार्थ सेवन (लापसे) र तीव्र गतिमा सवारी चलाउने गरेकाको पुष्टि गर्न परीक्षणमा प्रविधि अपनाइसकिएको छ।

उनका अनुसार लुम्बिनी प्रदेशको तीन वटा जिल्लामा ट्राफिक भायोलेसन रेकर्ड प्रणाली (टिभिआरएस) लागू हुन लागेको हो।

‘जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रविधिमैत्री बनाउँदै प्रयास गरेका हौँ, ट्राफिक नियम उल्लङ्घनमा हुने जरिवाना अब सिधै बैंकमा दाखिला हुनेछ’, ट्राफिक प्रहरी प्रमुख सुनारले भने, ‘त्यसका लागि बैंक पुगेर भौचर भरेर जम्मा गर्न सकिने तथा सिधै भुक्तानीको एप्सको प्रयोग गर्न सकिनेछ।’

ट्राफिक नियम उल्लङ्घन गर्नेले अब खातामा नै भुक्तानी गर्ने भएकाले आर्थिक पारदर्शितासमेत देखिने छ।

यसअघि ट्राफिकले जरिवाना राजस्व असुली गर्दा रसिदमार्फत भुक्तानी लिइँदै आइएको थियो। बाँकेमा जरिवाना राजस्व भुक्तानीका लागि वाणिज्य बैंकमा रहेको खातामा भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *