काठमाडौं, असार २८ । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट पर्काइदिएको छ ।
सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।
‘भिसामा एउटा कम्पनीको नाम र एग्रिमेन्टमा अर्को कम्पनीको नाम भएको पाइएपछि फकाईएका हो ।
उहाँहरूको डकुमेन्ट प्रमाणित भएपछि थप प्रक्रिया अघि बढ्नेछ,’ उनले भने । भिसा स्टाटसमा पनि ‘ओइटिङ फर एप्रुवल’ (स्वीकृत हुन बाँकी) भनेको कारण उनीहरूलाई रोकिएको महानिर्देशक अधिकारीले बताए ।
यस्ता खालका समस्या आएकाले विभागले विभिन्न समयमा यात्रुहरूलाई रोक्दै आइरहेको छ ।
भिसा स्वीकृत नहुँदै विदेश जाँदा उक्त देशले श्रमिकहरूलाई फर्काउने गरेपछि उनीहरूलाई रोकेको विभागका महानिर्देशक अधिकारीले जानकारी दिए ।