२०८२ माघ ४ गते आइतवार

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुरधाम,असार २७ । महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।

बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।

मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *