२०८३ असार २९ गते सोमवार

आज विश्व जनसङ्ख्या दिवस मनाइदैं

काठमाण्डौ,असार २६ । आज विश्व जनसङ्ख्या दिवस, ‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज – सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका साथ मनाइँदै छ ।

सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा दिवस मनाउने गरिएको छ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या झण्डै ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो । अहिले विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ ।

नेपालको जनसङ्ख्या अहिले २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसाङ्ख्यिक संरचनामा केही फेरबदल आएको देखिन्छ ।

स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा सुधार देखिए पनि सहरी तथा सुविधासम्पन्न ठाउँमा जनसङ्ख्याको चाप बढ्दो छ ।

लैङ्गिक विभेद र सामाजिक कुरीतिहरु कायमै रहेकाले यसको न्यूनीकरणका लागि थप कदम चाल्नुपर्ने देखिन्छ । अव्यवस्थित बसाइँसराइको प्रक्रिया रोक्न सरकारका काम प्रभावकारी हुन सकेको छैन ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *