२०८२ पुष ३० गते बुधवार

बैतडीमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु, २६ जना गम्भीर

बैतडी,असार २५ । बैतडीमा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको मेलौरी नगरपालिका–७ सुवाखालीमा सोमबार दिउँसो बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको उपचारको क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
उनका अनुसार बसमा ३९ जना यात्रु सवार रहेका थिए।

सोमबार दिउँसो पञ्चेश्वरको चिरचौरबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस सुवाखालीमा सडकबाट ३ सय मिटर तल खसेको थियो।

दुर्घटनामा २६ गम्भीर घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर थप उपचारका लागि प्रहरीले डडेल्धुरा अस्पताल पठाएको छ। अन्य सामान्य घाइतेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *