२०८२ माघ ८ गते बिहिवार

मिटर ब्याज पीडितलाई गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, असार २४ । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संवोधन गर्ने भएका छन् ।

कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् र उनीहरु अहिले बानेश्वरमै धर्नामा छन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *