२०८२ माघ ४ गते आइतवार

प्रेस युनियन गुल्मीको अधिवेशन साउन ६ मा हुने

गुल्मी,असार २३ । नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको अधिवेशन आगामी साउनमा हुने भएको छ ।

शनिबार बसेको जिल्ला कार्यसमिति गुल्मीको बैठकले आगामी साउन ६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीले गर्न लागेको अधिवेशन नवौं हो । शनिबार नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, प्रदेश लेखा समिति सदस्य र सिङ्गो कार्यसमितिको बैठकले साउन ६ गते भव्यताका साथ अधिवेशन गर्दैछ ।

यद्यपि अधिवेशन गर्ने स्थान भने तोकिएको छैन् । कार्यसमितिले पुनः केही दिनमै बैठक बसेर स्थान र आवश्यक व्यवस्थापनको निर्णय गर्ने जिल्ला कार्यसमितिका सचिव रमेश विश्वकर्माले जानकारी दिए ।

नेपाल प्रेस युनियनको नवौं अधिवेशनलाई विगतमा भन्दा ऐतिहासिक बनाएर अगाडि बढाउने गरि तयारी गरिएको जिल्ला कार्यसमितिका सभापति रेशम कुँवरले जानकारी दिए ।

अधिवेशन सम्बन्धमा कार्यसमितिको बैठक पुनः छिट्टै बस्ने पनि सभापति कुँवरले जानकारी दिएका छन् ।

आगामी अधिवेशनमा सभापति पदका उम्मेदवारको रुपमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रतिनिधि सुमन महतारा, लुम्बिनी प्रदेश लेखा समिति सदस्य प्रकाश घिमिरे र जिल्ला कार्यसमिति सचिव रमेश विश्वकर्माको चर्चा छ । तर, औपचारिक रुपमा भने कसैले घोषणा गरेका छैनन् ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *