२०८२ पुष ३० गते बुधवार

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

काठमाडौं,असार २२ । नेपाली चलचित्र अभिनेता सारुक ताम्राकार रातोपुलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। ताम्राकार बिहीबार राती करिब ११ बजे घरमा झुण्डिएरको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अभिनेता ताम्राकारले घरको भर्‍याङको रेलिङको प्लाष्टिकको पाइपमा झुण्डिएर आत्महत्या गरेको पाइएको हो।

घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

उनले आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

चलचित्र रानीबाट अभिनय करिअर सुरू गरेका सारुकले मेरी मामु र इन्टु मिन्टु लण्डनमा अभिनय गरेका छन्। साथै, उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’’को छायांकनमा ब्यस्त थिए।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *