२०८२ माघ ३ गते शनिवार

खराब मौसमले हुम्लाको हवाई सेवा अवरुद्ध

हुम्ला,असार १९ । मंगलबार हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ। बिहानैबाट हुम्ला र हुम्ला आउने इनरुट क्षेत्रमा पर्ने कालिकोट र बाजुरा जिल्लाको मौसम खराब भएकाले हवाई सेवा अवरुद्ध भएको हो।

सिमकोट विमानस्थलेले मौसम खराब भएका कारण मंगलबार कुनै पनि विमानले उडान भर्न नसकेको जनाएको छ। हाल सिमकोट विमानस्थलमा सीता, तारा र समिट एयरका जहाजहरुले दैनिक उडान भर्दै आएका थिए।

नेपालगंजबाट सिमकोटका लागि बिहानैबाट उडान भर्ने तयारी हवाईजहाजहरुले गरिरहेको भए पनि बिहानदेखि बेलुकासम्म खराब मौसमको कारण कुनै पनि उडान हुन नसकेको हो।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *