२०८२ माघ १० गते शनिवार

ललिता निवास जग्गा प्रकरण ः थप दुई जना पक्राउ

काठमाडौँ ,असार १८ । बालुवाटारस्थित ललिता निवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही देवनारायण महर्जन र पूर्वअधिकृत रमेशकुमार पोख्रेललाई काठमाडौँबाट पक्रेको सीआईबीले जनाएको छ।

सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्रेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *