२०८२ माघ १० गते शनिवार

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

चितवन ,असार १८। मुग्लिन-नारायणगढ सडकखण्ड पुनस् सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

पहिरो झरेको ठाउँमा एउटा मालबाहक ट्रक पनि पल्टिएको थियो । उक्त ट्रकलाई साइड लगाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।

राजधानी काठमाडौंको लाइफलाइन मानिने यो सडकखण्ड पहिरोले पटक-पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरु घण्टौं जाममा परेर समस्यामा परेका छन् ।

पहिरो झरिरहेको बेला यात्रा असुरक्षित हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *