तुलसीपुर,असार १७ । विद्युत व्यवसायी संघ दाङको तेस्रो साधारणसभा एवं दोश्रो अधिवेशन तुलसीपुरमा सप्पन्न भएको छ ।
नेपाल विद्युतिय महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा महासंघ कोषाध्यक्ष प्रकाश चन्द्र पाण्डे, लुम्बिनी प्रदेश संयोजक लोकनाथ पोख्रेल, बामदेब बिस्ट, शिवराज रिजाल, सुजन अधिकारी लगाएत बिशेष अतिथि रहेको कार्यक्रम लाई सम्बोधन गर्दै महासंघ अध्यक्ष देवकोटाले “हामी एकताको कुरा गर्छौ नेपाल भर रहेका जिल्ला र नगरका बिधानमा एकरुपता कायम गर्दै महासंघले बनाउदै गरेको काठमाडौको बहुउद्देश्यीय भवन तयार हुना साथ जिल्ला र नगरमा समेत जग्गा र भवन निर्माणका लागि महासंघ लागि पर्ने बताए ।
संघको तेस्रो साधारणसभामा महासचिव जीवन कुमार लम्सालले सचिब प्रतिबेदन र गम्भीर शाहले कोषाध्यक्ष प्रगती प्रतिबेदन पेश गरेका थिए । तेस्रो साधारणसभा लगत्तै भएको दोश्रो अधिबेशनले पुनः डुल्लु राम पोख्रेलको नेतृत्वमा निर्विरोध रुपमा एघार सदस्यीय कार्य समिति गठन गरेको छ जस्मा वरिष्ठ उपाध्यक्ष चन्दन वली, उपाध्यक्ष माधव भुसाल, महासचिव सन्तोष कुमार खड्का, सचिब लक्ष्मण पौडेल, कोषाध्यक्ष हिमाल शर्मा, सह(कोषाध्यक्ष हुमु कुमारी डिसि र सदस्यहरुमा प्रितम पाण्डेय, शिवराज भण्डारी, श्रीधर नेउपाने, साबित्रा ढकाल रहेका छन ।
तेस्रो साधारणसभा एवं दोश्रो अधिबेशन कार्यक्रम समापन गर्दै निर्वाचित अध्यक्ष डुल्लु राम पोख्रेलले गएको कार्यकालमा दाङ विद्युत व्यावसायी संघका लागि आवश्यक जग्गाको पहल गर्ने र भवन निर्माण कार्य अघि बडाउने प्रतिबद्धता समेत जाहेर गरे ।
संघका ऋषिराम गौतमले उपस्तिथि सम्पुर्ण लाई स्वागत गरेको कार्यक्रम कानुनी सल्लाहकार लेखनाथ काफ्लेले सहजीकरण गरेका थिए