२०८२ माघ ४ गते आइतवार

ललिता निवासको जग्गामा तारबार लगाउने

काठमाडौंँ,असार १७ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ । त्यसका लागि काठमाडौं महानगरको टोली आइतबार बालुवाटार पुगेको छ ।

महानगरीय प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा महानगर प्रहरीहरू बालुवाटार पुगेका हुन् । ललितानिवासअन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि भन्दै महानगरले तारबार लगाउन लागेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *