२०८२ माघ १ गते बिहिवार

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो – सडकमा गाडीको चाप

काठमाण्डौ ,असार १६ । पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । बिहान ३ बजेदेखि बन्द सडक पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले रोकिएका गाडी गन्तब्यतर्फ लागेका छन् । यो सडकखण्डमा गाडीको चाप रहेको ट्राफिक प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा बिहान तीन बजेतिर पहिरो खसेपछि सडक बन्द भएको थियो ।

अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक २८ घण्टापछि हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । गएराति फेरी पहिरो खसेर सडक बन्द भएको थियो ।

माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । पूर्व र पश्चिमबाट काठमाण्डौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई लाइफलाइन पनि भन्ने गरिन्छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *