२०८२ माघ १० गते शनिवार

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक बन्द

काठमाण्डौ ,असार १४ । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।

आज बिहीवार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो । पहिरो खसेपछि सडकमा गाडीको लामो लाइन लागेको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *