२०८३ भाद्र २७ गते शनिवार

घुस लिएको आरोपमा वडा अध्यक्ष पक्राउ

धनुषा,जेठ ३१ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वुलन यादव ७० हजार घुससहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडा अध्यक्ष यादव सडक निर्माणको सिफारिसमा घुस लिएको आरोपमा पक्राउ परेका हुन ।

यादवसहित वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरेबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा बर्दिबाबाट खटिएको टोलीले पक्राउ गरेको दाहालको भनाइ छ।

प्रवक्ता दाहालका अनुसार आरोपितमाथि थप अनुसन्धान सुरु भएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *