२०८२ जेष्ठ १३ गते आइतवार

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

काठमाडौं,असार १५ । चट्याङ लागेर देशभरि एकैदिन ७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार १४ गते एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो।

रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा तीन पुरूष, दुई महिला र दुई बालकको मृत्यु भएको हो।

वैशाख यता भएका विभिन्न प्राकृतिक विपत्तीमा परी अहिलेसम्म ९५ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *