२०८१ बैशाख ८ गते शनिवार

विद्यार्थीलाई लागुऔषध दुव्यर्शनी सम्वन्धी प्रशिक्षण

दाङ,२४ माघ । घोराही उपमहानगरपालिका वडा नं. ५ स्थीत महेन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्यर्सनी सम्वन्धी प्रशिक्षण दिइएको छ ।

समुदाय प्रहरी साझेदारी घोराही उपमहानगरपालिका वडा नं. ५ समितिको आयोजनामा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । समितिका संयोजक समेत रहेका वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेय, वडा प्रहरी कार्यालय प्रमुख शशी शर्मालगायतले लागुऔषध,लागुऔषध दुव्यर्सनीका लक्षण,लागुऔषध दुव्यर्सनीवाट हुने असरहरुसँगै मानव बेचबिखन, साईवर अपराध,बालविवाह सम्वन्धी प्रशिक्षण दिएका थिए । लागुऔषध दुव्यर्सनीमा विरुद्ध समुदायमा स्तरसम्म सचेतना पैmलाउने उद्देश्यले विद्यालयमा सचेतना कार्यक्रम गरिएको वडाध्यक्ष दाहालले बताए ।

त्यस अवसरमा विद्यालयका प्रधनाध्यापक तिलप्रसाद घर्तिमगरको अध्यक्षमा नौ सदस्यीय समुदाय प्रहरी साझेदारी महेन्द्र माध्यामिक विद्यालय धर्ना सम्पर्क समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा विद्यालयका खेलकुद शिक्षक,अभिभावक,बाल क्लवका प्रतिनिधिलगायतका रहेका छन । प्रशिक्षण कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । लागुऔषध दुव्यर्शनी सम्वन्धी प्रशिक्षण कार्यक्रम वडाका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयमा सञ्चालन गरिने वडाध्यक्ष दाहालले बताए ।

प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *